चितवन : चितवनको रत्ननगर नगरपालिकाले सार्वजनिक जग्गामा निर्माण गर्दै गर्दा दुई वटा घर डोजर लगाइ भत्काई दिएको छ ।
रत्ननगरको टिकौलीस्थित सुकुम्बासी बस्तीमा गैरकानुनी रुपमा निर्माण गर्दै गर्दा दुई वटा घर वडा नम्बर ९ वडा कार्यालयले भत्काएको हो । बस्तीका सुकराम दराई र मनिकलाल मुखियाँको निर्माणाधीन घर भत्काइ दिएको हो ।
ऐलानी जग्गामा घर निर्माण नगर्न / नगराउन हामीले पटक पटक आग्रह गर्यौं तर पनि अटेर गरेपछि घर भत्काउन हामी बाध्य भएका हौं वडाध्यक्ष रोशन आचार्य भन्छन् । पशुहाट बजार टोल विकास संस्था र दोभान टोल विकास संस्था अन्तर्गत पर्ने बस्तीमा दराईको घरको गारो लगाउदै गरेको घर र मुखियाको डिपीसी गरेको अबस्थाको घर समेत भत्काइएको थियो ।
डाध्यक्ष आचार्यले दराईले पाँच लाख रुपैयाँमा जग्गा विक्री गरेर अर्को व्यक्तिले बनाउदै गरेको घर भत्काइएको बताए । वडाले सुकुमवासी बस्ती व्यवस्थापनको काम सुरु गर्ने तयारी गरिरहेका बेला बस्तीमा नयाँ घर थपिन नदिन रोक्ने प्रयास गरिएको आचार्यले बताए । गत साउन महिनामा गरिएको घरधुरी सर्बेक्षणमा ९७ घर रहेकोमा तीन महिनाको अबधिमा घरधुरी संख्या बृद्धि भइ १२१ पुगेको हो । तीन महिनाको अबधिमा सो बस्तीमा २४ घर थपिएका छन ।