माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिका २ जोगमाईमा जारी नकआउट फुटबल प्रतियोगितामा शुक्रबार क्वाटरफाईनलका अन्तिम दुई खेल सम्पन्न भएको छ ।
शुक्रबार समपन्न पहिलो खेलमा एमएफसी पान्दामले आरआरसी प्याङलाई ७-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ। त्यस्तै शुक्रबार सम्पन्न दोस्रो खेल सुदुङ्ग स्पोर्टिङ्ग क्लब र नयाँबजार फुटबल क्लब बिच भएको हो। सो खेलमा सुदुङ्ग स्पोर्टिङ्ग क्लबले १ गोल गर्दै सेमिफाइनलमा प्रवेश गर्दा नयाबजरले भने कुनै पनि गोल गर्न सकेन।
सो प्रतियोगिताको सेमीफाइनल खेल शनिबारबाट हुने आयोजकले जनाएको छ। शनिबार हुने पहिलो सेमिफाइनल खेल एमएफसी पान्दाम र बाङ्गीन फुटबल क्लब बिच हुनेछ भने दोस्रो खेल एफएफसी माइजोगमाई र सुदुङ्ग स्पोर्टिङ्ग क्लब बिच हुने आयोजकले जनाएको छ ।
सो प्रतियोगिताको विजेताले नगद ३५ हजार र उपविजेताले नगद २० हजार सहित आकर्षक ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ। सो खेलको फाइनल आगामी १४ कात्तिकमा समपन्न हुनेछ।