रोङ : बुझ्नेहरुले वास्तै नगरेको र आफुहरुले महत्व नै नबुझेको कारण दक्षिणी इलाममा पाइने बहुगुणी औषधी कुरिल्लो त्यतीकै नास हुने गरेको छ ।
निक्कै संभावना देखिएको दक्षिणी इलामको चुरे र कछाडमा प्रसस्त मात्रामा पाइने कुरिल्लालाइ अहिले सम्म कसैले ब्यवसायिक रुपमा रोपेका पनि छैनन् र यसको प्रयोग पनि गरिएको छैन ।
बहुबर्ष यो बिरुवाको जरामा प्रसस्त मात्रामा स-साना तरुलहरु रहेको हुने कुरिल्लोको बारेमा रेडियोमा सुनेपछि आफुले घरमा ल्याएर रोपेको रोङ ५ इरौटारका किसान लोक बहादुर पकुवालले बताए तर यसको बास्तबिक प्रयोग आफुलाइ थाहा नभएको उनकाे भनाइ रहेको छ ।
आखिर के हो त कुरिल्लो ? भन्ने बारेमा रोङ कृषि शाखाका प्राबिधिक मोहन अधिकारी सग बुझ्दा कुरील्लो अत्यान्तै पौष्टिक र औषधिय गुण रहेको मुना टिपेर खाने तरकारी हो । इलाममा खासै खेती नभएको कारण ग्रामिण क्षेत्रहरुमा यसको बारेमा थाहा नभएको भएपनि शहर तिर भने यसका बढी महत्व रहेको बताए । प्रसस्त मात्रामा खनिज र भिटामिन पाइने कुरिलोका एक सय पचास भन्दा बढी जातहरु रहेको माइकिड, मेरिवासिङ्गटन, क्यालिफोनिया जस्ता रहेको बताए ।
आयुबेदिक पद्धतिमा समेत चर्चा पाउने गरेको कुरिल्लोको बारेमा फाकफोक आयुरबेदिक अस्पताल मंगलबारेका कबिराज तुलसी भट्टराइ सँग जिज्ञासा राख्दा कतिपय आयुबेदिक औषधीहरुमा कुरिल्लोको प्रयोग हुने गरेको बताए । खासगरि यसको प्रयोग पौष्टिकता,शक्तिबर्धक र दुगध बर्दक औषधिहरुमा गरिने गरेको र स्पेसल रुपमिा कुरिल्लोको तरुलको पाउडर पनि पाइने गरेको बताए । भट्टराइका अनुसार यदि कुरिल्लो गाउतिर पाइन्छ भने यसको जातको पहिचान गरेर आयुरबेदिक कम्पनीहरुले किनिदिने पनि बताए ।
यता किसानहरुमा भने ूचिन्नेपनि श्रीखण्ड खुर्पालाइ बिडू भन्ने उखान जप्दै बस्नु परेको छ । खेतीगर्न सकिने संभावना पनि धेरै छ र बिश्व र नेपालको बजारमा माग पनि छ भनने बुझेपनि सरकारी निकायबाट यसको प्रर्वधन र बिकासको कुनै प्रयास नगरिदा स्वदेशमै पौरख देखाउन सक्ने पाखुरीहरु खाडीको बालुवामा रगेटिनु परेको छ । कृषि पेशाबाटनै मुलुकको आर्थिक समृद्धिको कुरा गर्ने सरकार र नेताहरुले यस बिषयमा पनि ध्यान दिन किे हुने थियो ।