फिक्कल : इलामको सुर्योदय नगरपालिका ९ स्थित चन्द्र खेलमैदानमा प्रथम अन्तराष्ट्रिय ‘समृद्धि भेट्रान्स नकआउट फूटबल प्रतियोगिता २०७५’ सुरु भएको छ ।
समृद्ध युवा समाजको आयोजनामा बुधबार सुरु भएको प्रतियोगिताको उद्घाटन सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले गरे । ४० वर्ष माथिका खेलाडीलाई पुनः खेलमा फर्काउने उद्देश्यले सुरु भएको प्रतियोगिताको बुधबार ६ वटा खेल सम्पन्न भए ।
प्रतियोगिता अन्त/गत बुधबारको पहिलो खेलमा सुन्दरपानी भेनस, दोश्रो खेलमा सुर्योदय भेट्रान्स क्लब, तेस्रो खेलमा तिनघरे भेट्रान्स इलाम, चौथो खेलमा सीव सतासी भेट्रान्स, पाँचौ खेलमा भारतको दार्जिलिङ्ग भेट्रान्स र छैठौं खेलमा झापाको दमक भेट्रान्स बिजयी भएको आयोजक समितिका अध्यक्ष मानवीर लाप्चाले जानकारी दिए ।
प्रतियोगितमा हरेक टिममा २ जना खेलाडी ३५ देखी ४० वर्ष बीचको र अन्य ४० वर्ष माथीको खेलाडी सहभागी हुने व्यवस्था गरिएको छ ।
प्रतियोगितामा नेपाल र भारतका विभिन्न १६ टिमको सहभागीता रहेको छ । प्रतियोगिताको बिजेताले नगद ५० हजार, उपविजेता ३५ हजार, तेस्रो हुनेले १० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
समृद्ध युवा समाजका अध्यक्ष मानबहादुर लेप्चाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई, वडा नम्बर ९ का अध्यक्ष देवेन्द्र शर्मा, जिल्ला फुटबल संघ इलामका सदस्य ज्ञानु राई, जिल्ला खेलकुद विकास समिति इलामका सदस्य खगेन्द्र बाँस्तोला, फिक्कल टी एण्ड कफी कम्पनीका गजेन्द्र काजीलगायतले खेल क्षेत्रको विकासमा लागि समृद्ध भेट्रान्स नकआउट फुटबल प्रतियोगिताको भूमिका महत्वपूर्ण रहने बताए ।
प्रतियोगिता सम्पन्न गर्न करिब ३ लाख रुपैँया खर्च लाग्ने अनुमान रहेको आयोजक समितीको जनाएको छ । प्रतियोगितालाई फिक्कल टी एन्ड कफी कम्पनी लिमिटेडले प्रायोजन गरेको छ ।