जमुनामा कागे दिपावली कप फुटबल प्रतियोगिता

जमुना : इलामको सन्दकपुर गाउँपालिकाको जमुना कागेमा कार्तिक १२ देखि कागे दिपावली कप फुटबल प्रतियोगिता संचालन हुने भएको छ ।

इलामको उतरी क्षेत्रको फुटबलको ब्राण्डको रुपमा चिनिएको फुटबल खेलमा यस पटक २४ टिमलाई मात्र सहभागी गराएको आयोजक समितिले जनाएको छ ।

टिम दर्ता गर्न धेरै टिम आएको तर व्यवस्थित खेल खेलाउने उद्देश्यले २४ टिमलाई मात्र टिम दर्ता गर्न दिएको आयोजक समितिले जनाएको छ । प्रतियोगितामा सहभागिता जनाउन इलामका नाम चलेका टिमहरुका साथै धरान र माईभ्याली टिमसँगै ए डिभिजनमा आवद्ध खेलाडीहरु उल्लेख्य मात्रामा सहभागी हुने बताइएको छ ।

कागे दिपावली कप आउन केही दिन मात्र बाँकी हुँदै खेलको गरम बहस सुरु हुन थालेको छ । विगतका  वर्षहरुमा जहाँ अव्यवस्थित रुपमा किराना पसल तथा खाजा पसललाई यस वर्षदेखि व्यवस्थित गरिने आयोजक समितिका सहसचिव छिरिङ गुरुङले बताए ।

खेलकुदका माध्यमद्वारा पर्यटनको खोजी गर्ने उद्देश्यले विगत ३३ वर्षदेखि जमुनाका सामाजिक व्यक्तिहरुले सामान्य कपबाट सुरुवात गरेको कागे मेला आजसम्म आउँदा अहिलो पुरस्कार एक लाख पुगेको छ । बर्सेनि फुटबल खेल हेर्ने दर्शकको चाप अधिक भएकोले यसवर्ष आयोजकले बाँसको पाराफिट बनाएर दर्सक बस्ने ठाउँ सहज बनाईदिएको छ ।

स्थानीय ठाउँमा फुटबल खेलमा पाराफिट बनाएको इलाम जिल्लामा नै यो पहिलो हो । स्थानीय ठाउँको मनोरम दृश्य र नजिकै रहेको चन्द्रपाल थेबे ढाप पोखरीमा डुङ्गा सयरको आनन्द र कागेको मेलाको फुटबल खेलसँगै विभिन्न रमाइलो खेलको मज्जा नै बेग्लै हुने भएकोले कागे फुटबल खेल हेर्न छुटाउनु नहुने सन्दकपुरका उमेश गुरुङ बताउँछन् ।

प्रतियोगिता २० कात्तकिसम्म संचालन हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार