इलाम : करेन्ट लागेर इलाममा एक महिलाको ज्यान गएको छ ।
फाकफोकथुम गाउपालिका वडा नम्बर २ कोल्बोटे चाउरेटारकी ५५ वर्षीय प्रेममाया पौडेलको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।
मंगलबार साँझ ५ बजे गाई दुहुन जाँदा करेन्ट लागेर घटनास्थलमा नै ज्यान गएको पति चक्रबहादुर पौडेलले जानकारी दिए ।
मृतकलाई इलाम जिल्ला अस्पताल इलाममा पोष्टमार्टम गरी बुधबार घरपरिवारलाई जिम्मा लगाईएको प्रहरीले नाएको छ ।