कार्यालय सार्न स्थानीय गरे अवरोध

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामबाट अन्यत्र सर्ने

इलाम : जिल्लामा रहेको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामबाट अन्यत्र सार्ने भएपछि आज स्थानियले अवरोध गरेका छन् ।

इलाम सदरमुकाममा रहेको यस कार्यलयलाई छिमेकी जिल्ला झापामा सार्ने भन्दै कार्यलयको सामान लिन आएको ट्रकलाई सामान लान नदिएर स्थानियले अवरोध गरेका हुन् । विगत लामो समय अघिबाटै इलाम सहित झापा, पाँचथर र ताप्लेजुङ् हेर्दै आइरहेको यस कार्यलयलाई इलामबासीले इलाममा नै राखिनु पर्ने माग गरेका छन् ।

केही राजनीतिक दलको स्वार्थको कारण यो कार्यालय झापा सार्न लागिएको इलामबासीले आरोप लगाएका छन् । विरोधपछि सामान लिन आएको ट्रक रित्तै झापा फर्किएको निर्माण व्यवसायी याम प्रसाद चापागाइको भनाई छ । आफुहरुले पटक–पटक सम्बन्धित निकायमा जानकारी गराउदा समेत स्थानिय निकायले वेवास्ता गरेको जनाउदै सबै पहाडी जिल्लालाई इलामबाट सेवा लिन सहज हुने भएकाले कार्यालय इलाममा नै रहनु पर्ने निर्माण व्यवसायी संघ इलामका अध्यक्ष सुवाश चिपालुले माग गरे ।

संङ्घियता लागु गर्ने बाहनामा इलामलाई शुन्य बनाउन लागिएको भन्दै उनले आफूहरुको विरोध जारी रहने बताए  । यस्तै अर्का व्यवसायी इश्वर चिपालुले यो कार्यलय केही सिमित व्यक्तिको स्वार्थले सार्न खोजिएको भन्दै निरन्तर अवरोध जारी राख्ने अडान लिने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार