रोङ : खेलको माध्यामबाट पर्यटन प्रबधन गराउने लक्ष्यको साथ आजबाट रोङ ६ को सलकपुरमा प्रथम सलकपुर नकाउट च्यालेन्ज कप फुटबल प्रतियोगिता शुरु भएको छ ।
सलकपुर खेलकुद संचालन समितिको आयोजनामा संचालित सो प्रतियोगिता आजबाट शुरु भएर कार्तिक १५ गते फाइनल खेल सहित समापन हुने छ । मोतिराम माध्यामिक बिद्यालयको खेल मैदानमा भइरहेको सो खेलमा इलाम र झापाका आठबटा टिमहरुको सहभागिता रहेको छ ।
बिजेताले नगद ३५ हजार शिल्ड,ट्रफी र प्रमाणपत्र र उपबिजेताले नगद २५ हजार कप , ट्रफी र प्रमाणपत्र पाउने भएका छन् ।
यसैबिच आज भएको पहिलो खेल जिर्मले फुटबल क्लब र काकडभिट्टा टेनिङ सेन्टर बिच भएको खेलमा निधारीत समयमा दुइ ,दुइ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टि सटआउटबाट लिइएको थियो । जसमा जिर्मले फुटबल क्लवले दुइका बिरुद्ध तिनगोल गरि काकडभिट्टा टेनिङ सेन्टरलाइ हराएको छ ।
यसैगर भोली गाडागल्ली फुटबल क्लव झापा र आयोजक बिचमा हुने आयोजक समितिका अध्यक्ष निर्मल स्याङ्गबोले बताए ।