काठमाडौं : काठमाडौंको तीनकुनेमा गएराति मोटरसाइ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा भक्तपुर, दधिकोट बस्ने दोलखा भिमेश्वर नगरपालिका–५ जिलुका ५५ बर्षीय हरिबहादुर बस्नेतको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाइते भएका उनको उपचारको क्रममा सिभिल अस्पताल मिनभवनमा गएराति नै मृत्यु भएको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।
गएराति १ बजे बस्नेतले चलाएको बा४६प ४७९२ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई सडक छेउको रेलिङमा ठोकिएको थियो ।