पाँचथर : पाँचथरमा पेट्रोलियम पदार्थको अभाव भएको छ । जिल्लाबाट तेल लिन टयाङ्करहरु नजाँदा पेट्रोलियम पदार्थको को अभाव खड्किएको हो ।
दशैअघि आयात गरिएको पेट्रोल सकिएको छ । जिल्लामा तीन स्थानका पम्पबाट पेट्रोलियम पदार्थ वितरण हुदैं आएको छ ।
पेट्रोलियम पदर्थको अभावसँगै सर्वसाधारणको दैनिकी प्रभावित बनेको छ ।
सर्वसाधारणले भने व्यापारीहरुले कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गरेको आरोप लगाएका छन् ।
ब्यापारीहरुले पेट्रोल पम्पभन्दा बाहिर खुलेआम पेट्रोलियम पदार्थ बेच्दा पनि स्थानीय प्रशासन मौन बसेको गुनासो गरेका छन् ।
उता विक्रेताहरुले भने पेट्रोल आयात गरेर विक्रि गर्न अझै दुईदेखि तीन दिनसम्म लाग्ने विक्रेताहरुले वताएका छन् ।
जिल्लामा प्रतिदिन पाँच हजार लिटर हाराहारीमा पेट्रोलियम पदार्थ खपत हुने गरेको छ ।