रोङ : इलामकै सबैभन्दा बढी सुन्तला उत्पादन हुने जिर्मलेको सलकपूरमा करिब ८० प्रतिशत बगान मरेको छ ।
बगानै मासिएपछि यसबर्ष गत बर्षको भन्दा बर्ष कम सुन्तला उत्पादन भएको छ । बिगत केही बर्षदेखी फलेको सुन्तलाको बोटमा रोग लाग्न थालेको कारण यस बर्ष उत्पादन कम हुनुको साथै आउदो बर्षहरुमा सुन्तला बिहिन हुने संभावना रहेको छ।
पछिल्लो बर्षहरुमा सुन्तलाको बोटमा एक प्रकारको पधेरा जस्तो सेतो किराको प्रकोपको कारण सुन्तलाको बोट नै मर्ने कारण आगामी बर्षहरुमा पनि उत्पादन घट्ने देखीएको छ । सुन्तलाको बोटमा टाँसीएर डाठबाट रस चुसेर हुर्कन रुचाउने किरा सुन्तलाको बोटमा टासीएपछि बोटनै मर्न थालेको किसान डम्बर राएले बताए ।
सामान्य बिषदीले नमर्ने किरा मार्न कडा रेड पोइजनले मात्रै नियन्त्रण हुने किसानहरुको अनुभव रहेको छ । सुन्तलाको बगानमै अलैची खेती गरिएको हुनाले पनि चिस्यानको कारण रोगको प्रकोप भएको हुनसक्न स्थानिय देवराज खनालले बताए ।
हरेक बर्ष किसानले बगानै बेच्ने गरेको भएपनि यसबर्ष बगान नबिकेको किसानहरुको भनाइ छ । गत बर्ष एक किसानले ३ लाख २० हजार सम्ममा सुन्तलाको बगान बेचेका इश्वरी अधिकारीका अनुसार यस बर्ष शुन्यको अवस्थामा रहेको छ ।
जिर्मले १, २ र ३ का ३ सय परिवारले गदै आएको ब्यवसायिक सुन्तला खेतीबाट बिगतका बर्ष करिव ३ करोडको आम्दामी गरेका थिए भने केहि वषं देखि सुन्तला हेर्न र चाख्ने मानिसहरुको आगमनले पर्यटन ब्यावसाय पनि फस्टाउदै गएको छ ।
यता सरकारी पक्षले अनेकौ परिक्षण गरेपनि भरपदो उपचार पाउन नसकेको किसानहरुको दुखेसो रहेको छ । नेपालकै काभ्रे, गोर्खा सिन्धुली लगायतको जिल्लाहरुमा यस्तै प्रकारले बगानै सकिएको सुनेका सलकपुरका टंक थापाले सलकपुरले पनि यहि नियती भोग्नुपरेको गुनासो गरे । टिस्डेडा भाइरस , सिट्रस ग्रिनिङ को कारण बगान स्वाहा भएको किसानले यसको उपचार पाएका छैनन् ।