इलाम : इलामको माङसेबुङ २ स्थित इभाङमा जारी दोश्रो रेडस्टार गोल्डकप फूटबल प्रतियोगिताको आज फाइनल हुँदैछ । उपाधिका लागि आज दिउँसो १ बजेदेख हुने फाइलनमा उपाधिका लागि आयोजक रेडस्टार क्लब माङसेबुङ र माङमालुङ फूटबल क्बल भिड्दैछन् ।
दुवै टिम उपाधि हत्याउने दाउमा मजबुद खेलाडीका साथ मैदान प्रवेश गर्ने तयारीमा छन् । यसअघिको सेमीफाइनलमा रेडस्टारले सिक्तेम्बा फूटबल क्लब मिक्लाजुङ पाँचथरलाई र माङमालुङले जटिबुटि फूटबल क्लब पाँचथरलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो ।
प्रतियोगिताका विजेताले नगद ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । रेडस्टार क्लब माङसेबुङ गाउँपालिका २
इभाङको आयोजनामा २९ असोजदेखि सञ्चालित इलाम र पाँचथरका २२ टिमको सहभागिता थियो ।