इलाममा मनपरी भाडा असुल्दै सार्वजनिक यातायातका साधन

इलाम : चाडबाडको मुखमा सार्वजनिक यातायातका साधनले यात्राुहरुको भिडभाड देखी पछी मनपरी भाडा असुल्ने गरेको सर्बसाधारण यात्रुले गुनासो गरेका छन ।

मेची राजमार्गको बिभिन्न ठाउँबाट गन्त्यब्य तर्फ जाने यात्राुलाई बढी भाडा असुल्ने र हैरान बनाएको गुनासो बढेको हो । मेची राजमार्गको इलाम फिक्कल,इलाम बिर्तामोड,बिर्तामोड इलाम र फिक्कल इलाम लगायतका ठाउँहरुबाट यात्राुलाई तोकिएको भन्दा दोब्बर भाडा असुलेका छन  । आज दसैंको टिकाको चाैथाे दिन आफन्त, माइत ,मावल, ससुराली र मान्यजनकोमा जाने यात्राुहरुको स‌ख्या अत्याधिक रहेको थियो ।

यही मौका छोपेर चालक र यातायातका कर्मचारीहरुले जथाभाबी रकम असुलेको गुनासो सर्बसाधारणहरुले नयाँ बुलन्दलाई गरेका छन । इलामा बाट फिक्कल २५० देखी ३ सय सम्म र फिक्कल बाट इलाम सम्मको ३ सय देखी ६ सय सम्म भाडा असुल्ने गरेको गुनासो यात्राुले गरेका छन ।

फिक्कल बाट इलाम आउने यात्राुबाट ३ सय ट्याक्सिमा र पिकअपमा ४ सय सम्म भाडा असुलेको एक जना यात्राुले बताएका छन । यत्सै बिर्तामोड बाट इलाम आउने एक महिला यात्रुबाट ५ सय रुपैया असुल गरेको गुनासो छ । यात्राुहरुको चाप अत्याधिक हुने र यही मौका छोपेर सर्बसाधारण यात्रु बाट मनपरी भाडा उठाउने बिषयमा प्रमुख जिल्ला अधीकारी स्रवण कुमार तिमिल्सिनालाई  जिज्ञासा राख्दा आफुले सबैतिर प्रहरी परिचालन गरी भाडा बढी असुल्ने गाडी र चालकलाई नियन्त्रणमा लिन निर्देशन दिएको बताए ।

तर जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत प्रहरी नायब उपरिक्षक टक भट्टराईलाई भाडा बढी लिएको बिषयमा यात्रुहरुको गुनासोको बारेमा जानकारी गराउदा उनले चाडबाडको बेलामा यात्रु भरसक आफ्नै गाडीमा हिंड्नु पर्ने र कसैले भाडा बढी लिएमा आफुहरुलाई उजुरी गर्नुपर्ने जबाफ दिए । इलाम बस पार्कमा रहेको प्रहरी टोलीले भने एक जना यात्राुले झापाबाट इलाम आउँदा ६ सय तिरेको गुनासो गरेपछी प्रहरिले चालक बाट रकम फिर्ता गराए पनि कुनै कारबाही नगरेको पाइएको छ  । उता फिक्कलमा एउटा यात्राुबाहक गाडीलाई भाडा बढी असुलेको भेटेपछी प्रहरिले गाडी नियन्त्रनमा लिएको बताइेको छ  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार