काठमाडौं : दशैं मनाउन घर गएका सर्वसाधारण विस्तारै आफ्नो कार्यथलो फर्कने क्रम शुरु भएको छ । विजयादशमीको टीका लगाएपछि कार्यक्षेत्र फर्कन शुरु भएको हो ।
दशैंका कारण सुनसान जस्तै देखिएको काठमाडौंमा पनि चहलपहल बढेको छ ।
टीकाको दिन सुनसान देखिएको काठमाडौंमा सवारी साधन केही बाक्लो गरी गुड्न थालिसकेको छ ।
राजधानी भित्रने कलंकी,कोटेश्वर, बालाजु, बल्खु र सांखु जस्ता मुख्य नाकाहरुमा पनि सवारीको चाप बढेको ट्राफिक प्रहरीले जनाएको छ ।
यस वर्ष दशैं मनाउन करिब २४ लाख मानिसले काठमाडौं छाडेको अनुमान छ ।
मुलुक संघीय संरचनामा गएपनि विभिन्न अवसर र सुविधाका कारण काठमाडौं आउने क्रम घटेको छैन ।