सन्दकपुर : डिफेन्डिङ च्याम्पियन जमुना सुनाखरी फूटबल क्लब इलामको सन्दकपुर गाउँपालिका-२ स्थित माइमझुवामा आयोजित खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ।
शुक्रबार भएको फाइनलमा शान्तिडाँडा एफसीलाई ६-१ गोलको फराकिलो अन्तरले पराजित गर्दै अघिल्लो संस्करणको विजेता जमुना सुनाखरीले यसवर्य पनि उपाधि चुमेको हो । खेलको पहिलो हाफमा नै २ गोलको अग्रता लिएको सुनाखरीले दोस्रो हाफमा ४ गोल गरेको थियो । शान्तिडाँडा फुटबल क्लबले भने दोस्रो हाफको अन्तिम मिनेटमा १ गोल फर्काउन सफल भएको थिए ।
जितसँगै सुनाखरीले नगद ६१ हजार हात पार्यो । उपबिजेता शान्तिडाँडाले ३० हजारमा चित्त बुझाउन बाध्य बन्यो ।
सहित मेडल र प्रमाणपत्र सन्दकपुर गाउपालिकाका अध्यक्ष उदय बहादुर राई र सन्दकपुर २ नम्बर वडाका वडाध्यक्ष तथा गाउपालिकाका प्रबक्ता गिरिराज खनालले टिम ब्यबस्थापक र टिम कप्तानलाई हस्तान्तरण गर्नुभयो।
प्रतियोगिताका हाइस्कोरर विजेता सुनाखरीका केशव गुरुङ घोषित भए । उनले फुटबल र मेडल प्राप्त गरे । बेस्टप्लेयर उपविजेता शान्तिडाँडाका युवराज राई घोषित हुँदै ट्रफी र मेडल प्राप्त गरे । वेस्टडिफेन्डर शान्तिडाँडाकै पंकज खतिवडा घोषित भए । उनले पिन फुटबल र मेडल प्राप्त गरे । त्यस्तै बेस्टकिपर सुनाखरीका गोलरक्षकलाई ग्लोब्स र मेडलसहित प्रमाणपत्र प्रदान गरियो ।
विजेता तथा उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथी उदयबहादुर राई, विशेष अतिथी २ नम्बर वडाका वडाध्यक्ष गिरिराज खनाल लगायतले पुरस्कार र प्रमाणपत्र हस्तान्तरण गरे ।
स्थानीय छिन्तापु स्पोर्टिङ क्लबको आयोजनामा संचालित प्रतियोगितामा ईलाम र पाँचथरका ३२ टिमको सहभागिता रहेको थियो । खेल स्थानीय श्याम्बल माध्यमिक विद्यालयको खेलमैदानमा भएको थियो ।