तरकारी खेतीबाटै बार्षिक १६ लाख कमाई

इलाम : २०५६ सालदेखि व्यवसायिक रुपमा तरकारी खेतीमा लागेका इलाम सुर्योदयका मदन कुमार राईले काँक्रा र अकबरे खोर्सानी उत्पादन गरि वार्षिक रुपमा १६ लाख सम्म आय आर्जन गर्ने गरेका छन् ।

बैशाखबाट नै हरियो लोकल काँक्रा फलाउन शुरु गरेका राईले कार्तिकसम्म काँक्रा बेच्ने सुर कसेका छन् । रासायनिक मल र विषादी प्रयोग गरेको खेती यति लामो नटिक्ने तर प्राड.्गारिक खेतीमा बोट र फलको आयु लामो हुने उहाँको भनाई छ । यो वर्ष पाँच रोपनी बारीमा काँक्रा खेती गरेका राईले ६० हजार खर्च गरेर कम्तिमा अढाइ लाख काँक्रा बाट मात्र कमाई गर्ने योजना रहेको बताउनु भयो । बैशाखमा ८० रुपैया सम्म विकेको काँक्रा यो वर्षायाममा २० रुपैयामा झरेको छ ।

राईको प्रेरणाले उक्त वडाका प्राय किसानले तरकारी खेती गर्ने गरेका छन् । अर्गानिक खेती अभियानलाई उनले गाउँभर फैलाएका छन् । आठघरेमा रहेको आठघरे कृषि सहकारीका उनी संस्थापक अध्यक्ष समेत हुन् ।

तरकारी खेतीबाटै बार्षिक १६ लाख सम्म आम्दानी लिन सफल राईले गाउँमा ४० घर परिवार सहकारीमा आवद्ध भएर व्यवसायिक तरकारी खेती गरिरहेको बताएका छन् । सुगन्धित काँक्रा र अकबरे खोर्सानी , स्कुसका टुप्पा, टमाटर र आलु यहाँका किसानको आय आर्जनको श्रोत भएको छ । प्राड.्गारिक खेतीमा अव्वल राईले राष्ट्रिय स्तरमा तेस्रो , जिल्ला स्तरमा उत्कृष्ट कृषक पुरस्कार र जिल्ला स्तरिय उत्कृष्ट राष्ट्रपति पुरस्कार हात पारिसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार