माइमझुवा : इलामको सन्दकपुर गाउपालिका-२ स्थित माइमझुवामा जारी खुल्ला नकाउट पुरुष फुटबल खेल प्रतियोगितामा आज पनि ४ खेलहरु सम्पन्न भएका छन्।
आज भएको खेलमा सनराइज स्पोर्टिङ क्लब,रानिटार पाचथर एफ.सी, सुनाखरी जमुना एफ,सी र शान्तिडाडा एफ,सी बिजयी भइ सेमिफाइनलमा प्रवेश गरेको छ।
पहिलो खेलमा सनराइज स्पोर्टिङ क्लब र गिताङ एफ. सी बीच भएको खेलमा खेलको पहिलो हाफमा १ गोल र दोस्रो हाफमा २ -० गोल गर्दै सनराइज स्पोर्टिङ क्लबले गिताङ एफ,सी,लाई सेमिफाइनल प्रवेशका लागि रोकेको छ। दोस्रो खेलमा शान्तिडाडा एफ,सी,ले बुद्ध टोल माबुलाइ खेलको पहिलो हाफमा १ गोल र दोस्रो हाफमा फेरि १ गोल गर्दै सेमिफाइनलको लागी स्थान पक्का गरेको छ। तेस्रो खेलमा देउराली स्पोर्टिङ क्लबले सुनाखरी जमुना एफ,सि,को खेलको दोस्रो हाफमा भएको० का विरुद्ध २ गोलको हार ब्योहोर्नु परेको छ। चौथो खेलमा पाचथर रानिटार टिमले खेलको पहिलो हाफमा १ गोल र दोस्रो हाफमा १ गोल गर्दै आयोजक टिमलाइ पनि स्तब्ध बनाएको छ।
प्रतियोगिता अन्तर्गत भोलि हुने सेमिफाइनलका पहिलो खेल सनराइज स्पोर्टिङ क्लब र सुनाखरी जमुना एफ,सी
दोस्रो खेलमा शान्तिडाडा एफ,सी, र पाचथर रानिटार एफ,सी बिच हुने आयोजकका उपाध्यक्ष सन्तोष गुरुङले जानकारी दिए।
स्थानीय छिन्तापु स्पोर्टिङ क्लबको आयोजनामा संचालित प्रतियोगिताको बिजेताले नगद रु ६१हजार र उपबिजेताले रु ३०हजार सहित मेडल र प्रमाणपत्र पाउनेछन् ।
त्यस्तै हाइस्कोरले फुटबल र मेडल बेस्टप्लेयरलाइ ट्रफी र मेडल बेस्टडिफेन्डरलाई
फुटबल र मेडल तथा बेस्ट्किपरलाई ग्लोब्स र मेडलसहित प्रमाणपत्र प्रदान गरिने आयोजकका उपाध्यक्ष सन्तोष गुरुङले नयाँ बुलन्द डटकमसङ्ग बताएका छ्न।
प्रतियोगितामा ईलाम र पाँचथरका ३२ टिमको सहभागिता रहेको छ। स्थानीय श्याम्बल माध्यमिक बिधालयको खेलमैदानमा जारी प्रतियोगिताको फाइनल खेल आगामी कात्तिक २ गते बिजयदशमीको दिन हुनेछ ।