माईजोग्माई : इलामको माइजोगमाई गाउँपालिका र सूर्योदय नगरपालिकाको सीमा क्षेत्रमा पर्ने जोगमाई खोलाले बगाएर एक व्यक्तिको मृत्यु भएको छ।
मृत्यु हुनेमा माइजोगमाई १ प्रेमेजुङ्ग बस्ने बर्ष ७२ का डम्बर बहादुर राई रहेका छन्।
राई मंगलबार साँझ माछा मार्न भनि जाल बोकेर एक्लै घरबाट नजिकैको जोगमाई खोला गएको र राती अबेर सम्म पनि घर नफर्किएकाले खोजि गर्ने क्रममा स्थानियले बुधबार बिहान करिव ६:३० बजेतिर मृतकले लगाएको टोपी र माछा मार्ने जाल फेला परेको स्थानियले बताए।
टोपी र जाल फेला परेको करिब दुई सय मिटर तल सुर्योदय नगरपालिका र माइजोगमाई गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने जोगमाई खोललामा पानीमा डुबेको अवस्थामा राईको शव फेला परेको हो।
शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल इलाम पठाइएको छ।





















































