फाल्गुनन्दमा फुटबल प्रतियोगिता

  युद्धबहादुर बोहोरा
0 Shares

 

पाँचथर : फाल्गुनन्द -५ याम्बात्बुङ्ग एफसि ब्राइट स्टारको आयोजनामा तेस्रो संस्करण फुटबल प्रतियोगिता सम्पन्न भएको छ।
खुल्ला पुरुष फुटबल प्रतियोगिता क्लब अध्यक्ष मणिचन्द्र नेम्वाङको अध्यक्षता तथा वडाध्यक्ष अविन्द्रप्रसाद चेम्जोङको प्रमुख आतिथ्यमा उद्घाटन तथा समापन भएको थियो।

प्रतियोगितामा फाएव स्टारले ८-० गोलको फराकिलो अन्तरले जित हाँसिल गर्‍यो। गजुरमुखी क्लब हारको सामना गर्दै द्वितीय उपाधि प्राप्त गरेको थियो।
आश्विन २२ गते देखि संचालन भएको खेलमा जम्मा ३२ वटा टिमहरुको सहभागिता थियो।
गजुरमुखी,फाएव स्टार,आयोजक- ए र फाक्तेप -९ सेमिफाइनलमा प्रवेश गरेका थिए।

प्रतियोगिताको विजेता तथा उपविजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि नेम्वाङले प्रमाणपत्र,मेडल र ट्रफि प्रदान गरेका थिए।
खेलका उत्कृष्ट खेलाडी र सर्वाधिक गोल गर्ने अरुण चेम्जोङ,उत्कृष्ट गोलकिपर महेश नेम्वाङ र उत्कृष्ट रक्षक सुवास योङ्हाङ्ग घोषित भएका थिए।
समापनमा खेलमैदान उपलब्ध गराउने जग्गा दाता र सहयोग गर्नेलाई सम्मान सहित प्रशंसा पत्र प्रदान गरिएको आयोजक समिति तथा ब्राइट स्टाका सचिव सालाहाङ नेम्वाङले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार