मूल्यवृद्धिले मर्कामा

काठमाडौं : यो वर्ष खाद्यान्न, लत्ताकपडा, खानेकुरा तथा मिठाइको मूल्य उच्च भएको गुनासो सर्वसाधारणले गरेका छन् ।

तरकारी, चिनीजस्ता दैनिक उपभोग्य वस्तुहरुको भाउ पनि आकाशिएको गुनासो सर्वसाधारणको छ । गत वर्षभन्दा यो वर्ष मूल्यवृद्धिले आफूहरु मर्कामा परेको उपभोक्ताको भनाइ छ । दैनिक उपभोग्य वस्तुहरुको मूल्य बढेकाले भान्सा महँगो भएको उनीहरुको गुनासो छ ।

डलरको भाउ बढेकाले वस्तुको मूल्य पनि बढ्न गएको खुद्रा व्यापार संघका अध्यक्ष पवित्रमान बज्राचार्यको भनाइ छ । उनले ठूला व्यापारीले मौका छोप्दा साना व्यापारीसहित उपभोक्ता मर्कामा परेको जिकिर गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार