माइमझुवामा सनराइज स्पोर्टिङ क्लब,बुद्धटोल माबु,गिताङ र शान्तिडाँडा टिम बिजयी

  बिबिसी हाम्खिम
0 Shares

सन्दकपुर : इलामको सन्दकपुर गाउपालिका-२ स्थित माइमझुवामा जारी खुल्ला नकाउट पुरुष फुटबल खेल प्रतियोगितामा सोमबार ४ खेलहरु सम्पन्न भएका छन्।

सोमबार भएको खेलमा सनराइज स्पोर्टिङ क्लब,बुद्ध टोल माबु, गिताङ टिम,शान्तिडाडा टिम बिजयी भएर तेस्रो चरणमा प्रवेश गरेको छ।

पहिलो खेलमा आयोजक र सनराइज स्पोर्टिङ क्लब सङ्ग भएको खेलमा ० /१ गोल गर्दै सनराइज स्पोर्टिङ क्ल्ब बिजयी बन्यो । दोस्रो खेलमा टोड्के झरना ‘ए’ टिमलाइ बुद्ध टोल माबुले ०-२ गोल गर्दै बुद्ध टोल माबुले जित दर्ता गरेको छ। तेस्रो खेलमा सायाङ्बा ‘ए’ र गिताङ टिम सङ्ग निर्धारित समयमा गोलरहित भएपछी ट्राइब्रेकरमा ८-९ गोलको अन्तरले गिताङ टिमले बिजय हासिल गरेको हाे ।

चौथो खेलमा पन्चकन्या हाइड्रोपावर लिमिटेड टिमलाइ शान्तिडाडा टिमले ०- २ गोलले हराएको छ। प्रतियोगिता अन्तर्गत मङ्गलबार हुने दोस्रो चरणको अन्तिम खेलहरु देउराली स्पोर्टिङ क्लब र माइपताल एफ सी, दोस्रो खेलमा रानिटार पाचथर एफ सी र प्याङ एफ सी, तेस्रो खेलमा यल्लो सेभेन र सुनाखरी जमुना तथा चौथो खेलमा आयोजक ए र एस एम एस ए टिम बिच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएकाे छ ।

स्थानीय छिन्तापु स्पोर्टिङ क्लबको आयोजनामा संचालित प्रतियोगिताको बिजेताले नगद रु ६१ हजार र उपबिजेताले रु ३० हजार सहित मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै हाइस्कोरले फुटबल र मेडल बेस्टप्लेयरलाइ ट्रफी र मेडल बेस्टडिफेन्डरलाई फुटबल र मेडल तथा बेस्ट्किपरलाई ग्लोब्स र मेडलसहित प्रमाणपत्र प्रदान गरिने आयोजकका अध्यक्ष मोहन गुरुङले नयाँ बुलन्द डटकमसङ्ग बताएका छ्न।प्रतियोगितामा इलाम र पाँचथरका ३२ टिमको सहभागिता रहेको छ। स्थानीय श्याम्बल माध्यमिक बिधालयको खेलमैदानमा जारी प्रतियोगिताको फाइनल खेल आगामी कात्तिक २ गते बिजयदशमीको दिन हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार