यल्लो सेभेन विजयी

  विविसी हाङखिम
0 Shares

सन्दकपुर : इलामको सन्दकपुर गाउँपालिका-२ स्थित माइमझुवामा जारी खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगितामा यल्लो सेभेन विजयी भएको छ ।

आइतबार भएको खेलमा सोङ्मेन एफसीलाई ३-२ गोल अन्तरले पराजित गर्दै यल्लो सेभेन अघिल्लो चरणमा प्रवेश गरेको हो ।

प्रतियोगिता अन्तर्गत सोमबार दोस्रो चरणको  खेल सुरु हुनेछन् । सोमबारको पहिलो खेलमा आयोजक छिन्तापु स्पोर्टिङ क्लब र सनराइज स्पोर्टिङ क्लब, दोस्रो खेलमा टोड्के झरना ए र बुद्धटोल, तेस्रो खेलमा गिताङ टिम र सायाङ्बा ए तथा चौथो खेलमा पन्चकन्या र माइ हाइड्रोपावर लिमिटेड टिम बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

स्थानीय छिन्तापु स्पोर्टिङ क्लबको आयोजनामा संचालित प्रतियोगिताको बिजेताले नगद ६१ हजार र उपबिजेताले ३० हजारसहित मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै हाइस्कोरले फुटबल र मेडल बेस्टप्लेयरलाइ ट्रफी र मेडल बेस्टडिफेन्डरलाई फुटबल र मेडल तथा बेस्ट्किपरलाई ग्लोब्स र मेडलसहित प्रमाणपत्र प्रदान गरिने आयोजकका अध्यक्ष मोहन गुरुङले नयाँ बुलन्द डटकमलाई बताएका छन् ।

प्रतियोगितामा ईलाम र पाँचथरका ३२ टिमको सहभागिता रहेको छ । स्थानीय श्याम्बल माध्यमिक बिधालयको खेलमैदानमा जारी प्रतियोगिताको फाइनल खेल आगामी कात्तिक २ गते बिजयदशमीको दिन हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार