माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकाले गाउँपालिका भित्रका चार विरामीलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
गाउँपालिकाले गत असोज ४ गते चट्याङ लागेर घाइते भएकी वडा नम्बर १ की ७३ वर्षीया निमा शेर्पा र उनकी नातिनी १९ वर्षीया गंगा शेर्पालाई ५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
त्यस्तै माइजोगमाई गाउँपालिका २ का अमर थामीको २४ वर्षीया ब्लड क्यान्सर पिडित छोरी अर्चना थामीलाई १५ हजार सहयोग गरेको छ । थामी हाल त्रिवि शिक्षण अस्पतालमा उपचाररत छिन् ।
त्यस्तै माइजोगमाई वडा कै बिरबहादुर थापाको २६ वर्षीया छोरा योगेन्द्र थापालाई पनि गाउँपालिकाले १५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । थापाको दुबै मृगौला खराब भएको र हाल उपचाररत रहेको र आर्थिक अवस्था पनि कमजोर रहेकाले आर्थिक सहयोग गरिएको गाउँपालिकाले जनाएको छ ।
विरामी तथा विरामीका आफन्तलाई गाउँपालिकाका अध्यक्ष जीत बहादुर राइले आइतबार एक कार्यक्रमका बीच सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।