देवान, ज्योति र किराँत क्लब सेमीफाइनल प्रवेश

  नरेन इलामेली
0 Shares

माइजोगमाई : इलामको नामसालिङ्गमा जारी नकआउट फुटबल प्रतियोगितामा देवान स्पोर्टिङ क्लब, ज्योति स्पोर्टिङ क्लब र किराँत क्लब विजयी भइ सेमीफाइनल प्रवेश गरेका छन् ।

शनिबार भएको क्वाटरफाईनल चरणका खेल पार गर्दै सेमीफाइनलका यात्रा तय गरेका हुन् ।  पहिलो खेलमा माइबेनी फुटबल‌ क्लबलाई देवान स्पोर्टिङ्ग क्लब ‘ए’ ले ३-० गोल अन्तरले पराजित गरेको छ । दोस्रो खेल ज्योति स्पोर्टिङ्ग क्लब ‘बी’ ले योल्मु स्पोर्टिङ्ग कल्ब ‘ए’ लाई ३-० गोल अन्तरले पराजित गरेको छ । तेस्रो तथा अन्तिम खेलमा किराँत फुटबल क्लबले देवान स्पोर्टिङ्ग क्लब ‘बी’ लाई टाइब्रेकरमा ३-१ गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा गोलरहित बराबरीमा खेल सम्पन्न भएपछि टाइब्रेकरमा विजेता निर्धारण गरिएको थियो ।

प्रतियोगिताको बिजेताले नगद ३० हजार र उपविजेताले १५ हजार सहित आकर्षक ट्रफी ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ। साथै उत्कृष्ट मिडफिल्डर उत्कृष्ट फरवार्ड र उत्कृष्ट गोलरक्षकलाई आकर्षक ट्रफी प्रदान गरिने  आयोजकले जनाएको छ ।

१६ टीमको सहभागीता रहेको‌ प्रतियोगिताको फाईनल खेल ३० असोज फुलपातीको दिन सम्पन्न हुनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार