पाँचथर फाल्गुनन्द गाउँपालिकाका किसानहरु नगदेवालीतर्फ आकर्षित

पाँचथर : पाँचथर फाल्गुनन्द गाउँपालिकाका किसानहरु नगदेबालीमा आकर्षित भएका छन् । वर्षभरिको उत्पादनले खान नपुग्ने समस्या झेलिरहेका यहाँका किसानहरु दुई महिनामै मनग्गे आम्दानी हुन थालेपछि हर्षित छन् । कम खर्च र थोरै परिश्रमबाट नगदेबाली राम्रो आम्दानीको स्रोत बनेको किसानको भनाइ छ ।

काउली, बन्दा लगायतका मौसमी तरकारीबाट खेतीबाट उनीहरुले भदौ र असोज महिनामै ५० हजादेखि ५ लाखसम्म आम्दानी गर्न थालेका छनु । पाँचथरको फाल्गुनन्द गाँउपालिकाको वडा ३ पौवासातापका चारसय बढी घरपरिवारले नगदे तरकारी खेती गरेका छन् । छोटो समयमै आम्दानी हुन थालेपछि एक किसानले ५ रोपनीदेखि १५ रोपनीसम्म काउली तथा बन्दा खेती गर्दै आएकाछन् ।

ब्यबसायी घरैमा आएर ४० देखि ४५ रुपैयाँम् प्रति केजीसम्म बिक्री हुनथालेपछि किसान उत्साहित बनेका छन् । उच्च पहाडी क्षेत्रको सेपिलो ठाउँ काउली खेतीका लागि उत्तम हुने भएकाले यहाँको उत्पादनकाृ माग तराइ तथा भारतको बिभिन्न स्थानहरुमा पछि छ ।

मकै, आलु र मुला बाली मात्र उत्पादन हुने यस क्षेत्रका किसानले नगदै बालीबाट प्रत्येक वर्ष ३ करोड बढीको कारोबार गर्दैआएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार