इभाङ : आजदेखि इलामको माङसेबुङ गाउँपालिका-२ स्थित इभाङमा रेडस्टार गोल्डकप फूटबल प्रतियोगिताको दोस्रो संस्करण हुँदैछ ।
वडादशैं २०७५ को अवसरमा रेडस्टर क्लब माङसेबुङ-२ को आयोजनामा प्रतियोगिता सुरु हुन लागेको हो । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रेडस्टार क्लब र भुलभुले क्लक ‘बी’ बीच खेल हुँदैछ ।
प्रतियोगितामा विभिन्न क्लबका २२ टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताका विजेता टिमलाई नगद ५० हजार र उपविजेता टिमलाई नगद २५ हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगिताको फाइनल ५ असोजमा हुनेछ ।
गोल्डकप स्थानीय इभाङ माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने रेडस्टार क्लबका सचिव टंक लिम्बूले जानकारी दिए ।