माइजोगमाई : ज्योति स्पोर्टिङ्ग कल्बल आयोजना इलामको नामसालिङ्गमा जारी नकआउट फुटबल प्रतियोगितामा शुक्रबार तीन खेल समपन्न भएको छ। आजको खेलसँगै पहिलो चरणको खेल सम्पन्न भएको छ।
शुक्रबार सम्पन्न पहिलो खेलमा देवान स्पोर्टिङ्ग क्लब ‘बी’ ले ज्योति स्पोर्टिङ्ग क्लब ‘सी’ लाई १-० गोल अन्तरले पराजित गरेको छ। खेलमा देवान स्पोर्टिङ्ग क्लब ‘बी’ का गगन देवानले एक मात्र निर्णायक गोल गरेका थिए भने दोस्रो खेलमा देवान स्पोर्टिङ्ग क्लब ‘ए’ ले किराँत स्पोर्टिङ्ग कल्बलाई ४-० गोल अन्तरले पराजित गर्दै देवान स्पोर्टिङ्ग क्लब ‘ए’ ले क्वाटरफाईनलको यात्रा तय गरेको छ। त्यस्तै शुक्रबारको तेस्रो खेल स्टाफ टीम र योल्मु स्पोर्टिङ्ग क्लब ‘बी’ बिच भएको थियो। खेलको निर्धारित समयमा गोलरहित बराबरी भए पछि खेलको नतिजाका लागि अतिरिक्त समय सम्म पर्खनु परेको थियो। अतिरिक्त समयमा स्टाफ टीमका विवेक देवानले गोल गर्दै १-० को नतिजा निकालेका थिए। पहिलो चरणका सम्पूर्ण विजेता टीमहरु क्वाटरफाईनल चरणमा प्रवेश गरेका छन।
सो प्रतियोगिताको क्वाटरफाईनलका खेलहरु शनिबारबाट हुने आयोजकले जनाएको छ। शनिवार हुने क्वाटरफाईनल चरणको पहिलो खेल माइबेनी फुटबल क्लब र देवान स्पोर्टिङ्ग क्लब’ए’, दोस्रो खेल योल्मु स्पोर्टिङ्ग क्लब’ए’ र ज्योति स्पोर्टिङ्ग क्लब ‘बी’ र तेस्रो तथा अन्तिम खेल किराँत फुटबल क्लब र देवान स्पोर्टिङ्ग क्लब’बी’ बिच हुने आयोजकले जनाएको छ।
उक्त खेलको विजेताले नगद ३० हजार र उपविजेताले १५ हजार सहित आकर्षक ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ। साथै उत्कृष्ट मिडफिल्डर उत्कृष्ट फरवार्ड र उत्कृष्ट गोलरक्षकलाई आकर्षक ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।
१६ टीमको सहभागीता रहेको प्रतियोगिताको फाईनल खेल ३० असोज फुलपातीको दिन सम्पन्न हुनेछ।