इलाम : इलाममा दशैलाई लक्षित गरी सामाजिक सुरक्षा भत्ता लक्ष्मी बैङ्क मार्फत शुक्रबारदेखि घर – घरमै वितरण सुरु गरिएको छ । जिल्लाको देउमाई नगरपालिकाका ९ वडा मध्ये ३ वडाले वितरण कार्य आजबाट सुरु गरेको वडाध्यक्ष दावा तामाङ्गले बताउनु भयो ।
उहाँका अनुसार , वडा नम्बर ३ मा मात्र सामाजिक सुरक्षा भत्ता लिने दुई सय ७० जना रहेका छन् । यीमध्ये आज २१ जनालाई वितरण गरिएको छ । भोली विदाका दिन शनिबार समेत वितरण गरिने वडाध्यक्ष तामाङ्गको भनाई छ ।
आउदो सोमबारसम्ममा वडाबाट सेवा लिईरहेका सम्पूर्ण नागरिकलाई टोल – टोलमा साथै अशक्तलाई घर – घरमै लगेर वितरण गरीसक्ने योजना रहेको वडा कार्यलयले जनाएको छ ।