एभरेष्ट मिनी गोल्डकप फुटबल प्रतियोगितामा साङरुम्बा लाइ हराउदै बिष्ट ढुवनी सेवाकाे बिजयी सुरुवात

इलाम : इलामको गोलाखर्कमा वडा दशैँको अवसरमा माउन्ट एभरेष्ट फुटबल कल्बले आयोजना गरेको एभरेष्ट मिनी गोल्डकप फुटबल प्रतियोगितामा विहीबार दुइ खेल समपन्न भएका छन् ।

बुधबारबाट सुरु भएको खेलको दोस्रो दिनको पहिलो खेलमा बिष्ट ढुवनी सेवाले साङ्रुरुम्बा फुटबल क्लबलाई ४-२ गोल अन्तरले पराजित गरेको छ । बिष्ट ढुवनी सेवा लाई खेलमा अग्रता दिलाउन नारायण राइले ३ गोल गरेको बिष्ट ढुवनी सेवाका शेखर बिष्टले जानकारी दिए ।

दोस्रो खेल मिनी माउन्ट एभरेष्ट र सोयाक बिच भएको खेलमा सोयाकलाई ३-० गोल अन्तरले  मिनी माउन्ट एभरेष्टले पराजित गरेको छ ।

विजेताले नगद २५ हजार र उपविजेताले १५ हजार सहित आकर्षक ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै उत्कृष्ट मिडफिल्डर उत्कृष्ट फरवार्ड र उत्कृष्ट गोलरक्षकलाई आकर्षक ट्रफी प्रदान गरिने आयोजक  समितिका सचिब राम काकी‌ंले जनाकारी दिए ।

१६ टिमको सहभागीता रहेको‌ प्रतियोगिताको फाईनल खेल ३० असोज फुलपातीको दिन हुनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार