ग्यासको रेगुलेटरमा आगलागी हुदा कसरी आगो नियन्त्रण गर्न सकिन्छ ? हेनुहाेस् भिडियाे

धनकुटा : धनकुटामा सिलिण्डर ग्यासवाट हुन सक्ने आगलागी नियन्त्रण गर्न सचेतना गराईएको छ ।

चाडवाड नजिकिए संगै सिलिण्डर ग्यासवाट पनि आगलागीको जोखिम बढ्न सक्ने भएकाले सचेतना कार्यक्रम गराएको हो । ससस्त्र प्रहरीका तालिम प्राप्त जवानले ग्यासको रेगुलेटरमा आगलागी हुदा घरेलु सामाग्रीको प्रयोग गरी कसरी आगो नियन्त्रण गर्न सकिन्छ भनेर देखाएका छन् ।

उनिहरुले बाल्टीन चिसो कपडा तथा हातले नै आगो नियन्त्रण गरेर देखाएका थिए । प्रदर्शन पछि स्थानियले समेत अभ्यास गरेको थिए । धनकुटा नगरपालिकाको सहयोगमा ससस्त्र प्रहरीको छिन्ताङ्ग गुल्म तथा स्टेप नेपाल धनकुटाले सचेतना कार्यक्रम गराएको हो ।

प्रदर्शनी हिले, कागते, देब्रेबास, बिहिबारे हटिया, भीमनारायण चौक, मदन चौक लगायतको स्थानमा गरीएको छ ।

भिडियाे :-

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार