
माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिका नामसालिङ्गमा वडा दशैँको अवसरमा ज्योति स्पोर्टिङ्ग कल्बले आयोजना गरेको टोल स्तरिय नकआउट फुटबल प्रतियोगितामा विहीबार तीन खेल समपन्न भएका छन् ।
बुधबारबाट सुरु भएको खेलको दोस्रो दिनको पहिलो खेलमा योल्मु स्पोर्टिङ्ग कल्ब ‘ए’ ले डाँडागाउँ स्पोर्टिङ्ग क्लबलाई ७-१ गोल अन्तरले पराजित गरेको छ भने दोस्रो खेलमा चारघरे फुटबल क्लबले चाँचले फुटबल कल्बलाई ६-० गोल अन्तरले पराजित गरेको छ। त्यस्तै आयोजक ज्योति स्पोर्टिङ्ग क्लबले रमिते फुटबल कल्बलाई ६-० गोल अन्तरले पराजित गरेको छ ।
विजेताले नगद ३० हजार र उपविजेताले १५ हजार सहित आकर्षक ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै उत्कृष्ट मिडफिल्डर उत्कृष्ट फरवार्ड र उत्कृष्ट गोलरक्षकलाई आकर्षक ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
१६ टिमको सहभागीता रहेको प्रतियोगिताको फाईनल खेल ३० असोज फुलपातीको दिन हुनेछ।






















































