रोङ : मानव जीवनको लागि आधारभूत बनिसकेको बिजुली लामो समयसम्म नआउँदा उज्यालो त हुदैन् नै मानव जीवन नै कस्टकर बन्ने गरेको छ ।
सामान्यतय हिउँदको महिना सकेर वर्षाद सुरु हुँदा र वर्षादको महिना सकेर हिउँद लाग्दै गर्दा हुने गाड्याङगुडुङ गर्नासाथ धेरै टान्सफर्मर बिग्रने गरेको कारण उपभोक्ता लामो समयसम्म अन्धाकारमा मात्र हाइन, अन्योलमा समेत बस्नु परेको छ । यतिखेर उपभोक्ताको गुनासो प्राधिकरणले ढिलो गर्यो भन्ने हुने गरेको छ भने प्रधिकरण भने बिभिन्न समस्याहरु देखाएर पन्छिने गरेको छ ।
अहिले पनि पूर्वी इलामको समाल्बुङ्ग, कन्याम लगायतको क्षेत्रमा टान्सफर्मर बिग्रीएर बिजुली नबलेको समाचार आइरहँदा किन यस्तो भयो भनेर नेपाल विद्युत प्रधिकरण फिक्कलका नरबहादुर राइसँग जिज्ञासा राख्दा चट्याङ परेको कारण टान्सफर्मर बिग्रीएको र धेरै ठाउँमा एकैसाथ समस्या आउँदा काम गर्दागर्दै ढिलो हुन जाने बताउँछन् ।
तर विद्युत प्राधिकरणले चट्याङ्ग निरोधक यन्त्र लाइटिङ्ग एरेस्टर टान्सफर्मरमा राख्नुपर्ने भएपसिन नराखेको कारण चट्याङ्ग पर्दा टान्सफर्मरमा नै समस्या आउने गरेको र यसो गर्दा प्राधिकरणलाई बढी आर्थिक भार कर्मचारीहरुले नै पारिराखेको एक प्राविधिकले नाम नबताउने सर्तमा बताए ।
आखिर किन यस्तो गरिएको होला भन्ने प्रश्नमा प्राधिकरणले टान्सफर्मरमा मात्र होइन कतिपय हाइटेन्सन लाइनहरुमा पनि लाइटिङ्ग एरेस्टर राखेर सुरक्षाको प्रयास गरिरहेको नरबहादुर राइको भनाइ रहेको छ । तर टान्सफर्मरमा लाइटिङ एरेस्टर राखेमा चट्याङ्गको झड्काले एरेस्टर मात्र जलाउने र सो मर्मत गर्न कम खर्चमा नै हुने भएपनि पा्रधिकरणका कर्मचारीले टान्सफर्मरबाट एरेस्टर खुस्काएर टान्सफमिटर पुन संचालन गर्ने गरेको दावी गरेका छन् । आखिर जे भएपनि समस्या नागरिकहरुले नै बेहोर्नुपर्ने हुँदा कति स्थानमा लाइटिङ्ग एरेस्टर जडान गरिएको छ सरकारको जिम्म्ेवार निकायले प्राविधिक परिक्षण गरि नागरिकहरुलाइ सुचित गराउनुपर्ने उपभोक्ताहरुको माग रहेको छ ।
गत असोजको सुरु मा नै पूर्वी इलामको आधा दर्जन बढी टान्सफर्मर बिग्रीएकोमा क्रमसः मर्मत गर्दै संचालन गरिएको र समाल्बुङ्गको गोरखमा रहेको टान्सफर्मर पनि शुक्रबमसम्म रिप्लेस गरिने विद्युत प्रधिकरणका नरबहादुर राइले बताए ।