सार्वजनिक हुनु अगावै लाखौं दर्शकले रुचाएको ‘मिम्मे लुङमा हिम्ले’ सार्वजनिक

काठमाडौं : पूर्वी नेपालमा वसोवास गर्ने आदिवासी लिम्बू समुदायको परम्परागत संस्कार संस्कृति मन नपराउने मानिस सायदै नहोला । पछिल्लो समय हराँउदै गइरहेको आफ्नो संसकार संस्कृति बचाउन तिनै लिम्बू समुदायका युवा देखी वृद्ध वृद्धा समेत लागि परेका छन् ।

विषेश गरि लिम्बू समुदायको मौलिक चाडपर्व, भेषपुषा, भाषा कला र परम्परागत संस्कार संस्कृति विउताउदै आफ्नो अस्तित्व वचाउन लिम्बू समुदाय परिवारस्तर देखी केन्द्रिय स्तर सम्म लागि परेका हुन् । आफ्नो मौलिक पहिचान बचाउन पछिल्लो समय लिम्बू समुदाय आफ्नो पुरानो मौलिक परम्परालाई विउझौदै गएका छन् ।

विभिन्न सांस्कृति कार्यक्रम देखी लिएर ठुलठुला राष्ट्रिय स्तरका कार्यक्रमहरुमा लिम्बू समुदायले लागाउने मौलिक भेषभूषा र गरगहनामा सजिएर च्याब्रुङ अर्थात के (लिम्बू भाषामा) बजाउदै विभिन्न खाले शैलीको नक्कल गर्दै नाचिने च्याब्रुङनाच निकै लोकप्रिय छ ।

प्रशंग जोडौं पछिल्लो समय पहाडकी रानी नामले परिचित इलामको सुन्दर अनि सुर्याेदयको पहिलो परिचय वनाउन सफल श्रीअन्तुका विभिन्न रमणिय स्थानहरुमा छायङकन गरिएको लिम्बू मौलिक भाषामा आधारित (मिम्मे लुङ्मा हिम्ले) गीतको । सार्वजानि हुनु अगावै दर्शकले अत्याधिक मन पराएको यो गीत बुधबार सार्वजानिक भएको छ ।

यो गीतमा नेपाली गीत संगीतको क्षेत्रमा उदाउदै गरेका इलामका निसान लिम्बू र फक्ताङ्लुङ् आइडल सेक्फूङ् २ की फस्ट रनरअप गंगा फियाकले सुमधुर आवाज दिएका छन् । जनम रोमियोको शब्द रहेको गीतको संगीत आङखेवा लिम्बुको रहेको छ । लिम्बू समुदायको पुरानो वैवाहिक परम्पराको झल्को दिने यो भिडियोमा ‘लिम्बु जातिहरु जुनसुकै धर्म र संस्कृतिमा आधारित भए पनि आफ्नो पहिचान नै पहिलो पात्र हो भन्ने सन्देश बोकेको गितका निर्देशक रवी शेर्मा बताउछन् । लिम्बू सस्कारको सभ्यतादेखि किराँती सभ्यता सम्मलाई जोडेर निर्माण गरिएको छ ।

भिडियोमा पछिल्लो समयको दर्शकले रुचाएका जोडि दिप केरुङ लिम्बू र संगीता लावतीको मुख्य भुमिका, र कञ्चन इधिङगो लिम्बू , सन्तोष लिङदिम लिम्बू, विष्णु आङ्बुहाङ, अभिषेक लिम्बू, जिबन सिङ्घक लिम्बू, निरा जबेगु, भीम योङहाङ लिम्बू, सपना तामङललाई भिडियोमा देख्न सकिन्छ । गितको निर्देशन रवि सेर्मा (रनवीर लिम्बू)ले गरेका छन् । गीतको छायांकन भूपेन्द्र तुम्बाहाम्फे लिम्बूको रहेको छ भने कृष्ण सुवेदीको श्रृङ्गार रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार