सुर्योदय नगरपालिकामा किसानसगँ समृद्धि अभियान

सुर्योदय : सुर्योदय नगरपालिकाले संचालन गरेको ‘प्राङगारिक कृषि प्रवर्द्धन’ र ‘किसानसगँ समृद्धि अभियान’ वडा नम्बर १ मा सम्पन्न भएको छ । वडा नम्बर १४ देखि सुरु भएको अभियान मंगलबार वडा नम्वर १ मा पुगेर सम्पन्न भएको हो ।

२५१ भन्दा बढि टोल विकास समितिहरूले भाग लिएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षिका, पत्रकार, बुद्धीजिवी, जनप्रतिनिधि, समाजको अगुवालगायत सयौंको उपस्थिति रहेको थियो ।

अभियानमा कार्यक्रमको स्रोत व्यक्तिका रुपमा वरिष्ठ पत्रकार केदार शर्मा, ज्योति अधिकारी र सोनाम लामा र कृषि तथा चिया परार्मश व्यक्ति डा. डिवस सुनार थिए । अभियानका क्रममा चिया विस्तार आयोजनाको प्राविधिक विवेक भण्डारी र अलैंची विकाश केन्द्रको फिक्कलको प्राविधिक लक्ष्मीनारायण शर्माले विभिन्न प्राङ्गारिक मल बनाउन र माटो परीक्षण बारेमा प्रशिक्षण दिएका दिए ।

अभियानका क्रममा जनप्रतिनिधिहरुले प्रत्येक महिना प्रत्येक टोलमा पुगी किसानहरूको आवश्यकता बुझी समयको परिवर्तनसँगै अगाडि बडाउन के गर्न सकिन्छ भनी उनीहरुसँग परामर्श गरेका थिए ।

यस्तै किसानसगँ समृद्धि अभियानमार्फत नगरपिलकाले सुर्योदय नगरपालिकाका किसानलाई घाँस वितरण समेत सुरु गरेको छ । घाँस वर्ष भरि नै बाँडिने नगरपालिकाले जनाएको छ । यस्तै उन्नत गाईको बाछी प्रत्येक वर्ष तीन सय बाँड्ने योजना रहेको नगरप्रमख रनबहादुर राईले बताए । नगरपालिकाले अर्गानिक खेती गर्न सहयोग गर्ने र दैनिक दुई लाख लिटर दूध उत्पादन गर्ने योजना बनाएको छ । त्यसका लागि जै घाँस, नेपियर, सेटेरिया, मुलाटो, फालारिस, वदामे, लर्सुन, सिग्नल, स्टाइलो, बादर घाँस लगायत वितरण गरिने नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार