नारायणी नदीमा २ वर्षीय नाबालकको शव फेला

चितवन : चितवनको नारायणी नदीमा मंगलबार बिहान २ वर्षीय नाबालकको शव फेला परेको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर १ नारायणगढको नदी किनारस्थित उद्योग वाणिज्य संघ चितवनको पछाडि बुद्धको मुर्ति नजिकै अन्दाजी ६ बजेको समयमा नाबालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मंगलबार बिहान चार–पाँच बजेको समयमा बालकलाई ज्युँदै खोलामा बगाइएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । मृतक बालकलाइ नदीमा घोप्टो परिहेको अवस्थामा स्थानीय माझीले नदीमा शव फेला पारी किनारमा निकालेर प्रहरीलाई खबर गरेका थिए  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार