विश्व हुलाक दिवसको अवसरमा इलामका दुई कर्मचारी सम्मानित

इलाम : आज विश्व हुलाक दिवस । इलाम सहित  देेशभरी  विभिन्न कार्यक्रम गरि मनाईएको छ । बिश्व भर  सुुचना  प्रबाह गर्ने विश्वव्यापी संस्थाका रुपमा हुलाकलाई लिइन्छ ।

विश्वभरका मानिसहरुबीच आपसी सद्भाव एवं भाइचारा वृद्धि गर्न सूचना तथा सञ्चारको आवश्यकता महसुस गर्दै सामाजिक आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले विश्व हुलाक संघको सन् १८७४ अक्टोवर ९ मा स्थापना भएको हो । नेपालले भने उक्त संघको सन् १९५६ मा सदस्यता लिएको थियो । सदस्यता लिएकै वर्षदेखि नेपालमा पनि हुलाक दिवस मनाउन थालिएको हो ।

सोही दिवसको अवसर पारेर जिल्ला हुलाक कार्यालय इलाममा कर्यारत २ कर्मचारी  सम्मानित भएका छन ।सम्मानित हुनेहरुमा दुर्गा देबि भण्डारी (नेपाल) र कैलास प्रसाद घिमिरे रहेका छन । उनिहरुले हुलाक सेवामा रहि लामो समय देखि  उत्कृष्ट कार्य सम्पादन  गरे बापत सम्मन गरिएको जिल्ला हुलाक कार्यालय इलामका कार्यालय प्रमुख ज्वालदास राईले जान्कारी दिए ।

दिवस कै अवसर पारेर जिल्ला हुलाक कार्यलय इलाम बाट अवकास प्राप्त ५ बडि कर्मचारी लाई बिधाई र  आज बिहान पहिलो सेवा लिन आउने सेवाग्राही लाई सम्मान समेत  गरिनुका साथै कार्यालय परिसर सरसफाइ र साझमा दिपावली गरि मनाईएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार