इलाम : इलामको रोङ गाँउपालिकाकी एक महिलाको भिरबाट लडेर ज्यान गएको छ । रोङ गाँउपालिका–६ बन्सुवाकी ३६ वर्षिया फुलमाया राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
मानसिक सन्तुलन ठिक नभएकी राई सोमबार दिउँसो घरबाट निस्किएकी थिइन् । साँझसम्म पनि घर नफर्केपछि खोजी गर्ने क्रममा साँझ ७ बजे घरबाट ७० मिटर पूर्वको भिरबाट १ सय मिटर तल खसेर मृत्यु भएको अवस्थामा पति कालुमान राईले फेला पारेका थिए ।
पत्नी मृत अवस्थामा फेला परेपछि कालुमानले स्थानीय र प्रहरीलाई खबर गरेका थिए । मृतकको इलाका प्रहरी कार्यालय पशुपतीनगरबाट खटिएको टोलीले मुचुल्का गरी कानुनी प्रक्रिया पुरा गरेर प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलमा पोष्टमार्टमको लागि ल्याईएको प्रहरीले जनाएको छ ।