तीनदिने निशुल्क आँखा शिविर सुरु

इलाम : इलाममा हिजोबाट तीनदिने निशुल्क आँखा शिविर सुरु भएको छ । मेची आँखा अस्पताल झापाको प्राविधिक सहयोग, सोसिअल्टर्सको आयोजना तथा इलाम नगरपालिका वडा नम्वर ८ को सहयोगमा शिविर सुरु भएको छ । करिव एक हजार जनाको स्वास्थ्य उपचार गर्ने उदेश्यले सुरु शिविरमा पहिलो दिन तीन सय जनाले आँखाजाच गराएका छन् ।

शिविरमा मेची आँखा अस्पतालका डाक्टर तथा विदेशी डाक्टरहरुले स्वास्थ्य परिक्षण गरिरहेका छन् । आँखा जाँच पछि चश्मा आवश्यक परे निशुल्क वितरण समेत भइरहेको छ ।

साथै मोतिया विन्दुको शल्यक्रिया गर्नुपरे मेची आँखा अस्पतालमा वोलाएर समेत निशुल्क गरिने आयोजक संस्थाका हेमन्त गौतमले जानकारी दिनुभयो । शिविर बुधबार सम्पन्न हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार