निजामती सेवा विधेयक हेरफेर हुँदै

काठमाडौं : सरकारले संघीय निजामती सेवा विधयेकका विभिन्न प्रावधानलाई हरेफर कार्य अघि बढाएको खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।

विभिन्न कर्मचारी संगठनले प्रस्तावित विधेयकप्रति व्यापक असन्तुष्टि जनाउँदै संशोधन गर्न राजनीतिक नेतृत्वमा दबाब दिएपछि सरकारले प्रस्तावित विधेयकलाई हेरफर गर्न लागेको हो ।

मन्त्रिपरिषद् अन्तर्गतको विधेयक समितिमा मन्त्रीहरू सो विधयेक हेरफेर गर्नुपर्ने टुंगोमा पुगेका हुन् । त्यसपछि मन्त्रिपरिषद्मा विचाराधीन रहेको सो विधेयकको हेरफर गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मण मैनालीको संयोजकत्वमा एक समिति गठन गरिएको छ । समितिले विधेयकको अध्ययन गरी हेरफेर गर्ने कार्य अघि बढाइरहेको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार