१५ दिन देखि अँध्यारो कन्याम

सूर्योदय : सूर्योदय  नगरपालिका वडा नं ७ कन्यामका झण्डै ३०० घर धुरीका बासिन्दाहरु यति बेला अन्धकारमा जीवन बिताउन बाध्य छन ।

जमुना डाँडामा रहेको ट्रान्सर्फमर जलेर बिद्युत आपुर्ति बन्द भए पछि चाड पर्वको मुखमा यहाँकाका  नागरिक अध्यारोमा बस्न बाध्य भएका हुन ।

बिद्युत सेवा अवरुद्ध हुँदा बिशेष गरेर अर्धबार्षिक परीक्षा दिईरहेका बिद्यार्थीहरु बढि मारमा परेका छन भने विभिन्न बिद्युतीय उपकरणहरु थन्किएका छन् ।

ट्रान्सर्फमर जलेर बिद्युत आपुर्ति ठप्प भएको जानकारी सम्बन्धित निकाय लाई बारम्बार गराए पनि सम्बन्धित निकायले यसलाई गम्भीर रुपले नलिएको गुनासो स्थानीयले गरेका छन । ट्रान्सर्फमर जलेको र मर्मत तथा ट्रान्सफरमर फेर्नका लागि आफु हरुले बिद्युत प्राधिकरण शाखा फिक्कल मा अनुरोध गर्दा भरे हुन्छ र भोलि हुन्छ भन्ने आस्वासन मात्रै आएको नमुना टोल बिकास संस्थाका सचिव भानु खड्काले बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार