लिम्बुवानी शहिद राजकुमार आङदेम्बे (माङतोक) को १२ औं स्मृति दिवस मनाइयो

चुलाचुली : सङ्घीय समाजवादी फोरम नेपाल लिम्बुवान प्रदेश समितिले इलामको चुलाचुली गाउँपालिकामा लिम्बूवानी शहिद राजकुमार आङदेम्वे (माङतोक) को १२ औं सहिद स्मृति दिवस मनाएको छ ।

चुलाचुली गाउँपालिका वडा नम्बर २ स्थित गाउँपालिकाको प्राङ्गणमा आयोजना गरिएको सहिद स्मृति कार्यक्रम सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय महासचिव तथा प्रदेश १ का इन्चार्ज रणध्वज कन्दङवाको प्रमुख अतिथित्वमा भएको थियो । कार्यक्रममा दीपप्रजलन साथै माल्यर्पण गरि सहिद राजकुमार आङदेम्बेको सहिद स्मृति दिवस मनाइएको थियो ।

कार्यक्रमका बिशिस्ट अतिथि सङ्घीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य तथा लिम्बूवान प्रदेश समिति अध्यक्ष खगेन्द्र माखिम, राजनीतिक समिति सदस्य प्रविण चाम्लिङ, प्रदेश १ का सांसद आरसी तुम्बा, केन्द्रीय सदस्य भक्त खेवाङ, हरिदेवि राई, लिम्बूवान प्रदेश समिति सदस्य शरणहाङ जवेगु, भुपेन्द्र योङहाङ, मनकुमार थुलुङ, लिम्बूवान प्रदेश सचिवलाई केदार धिमाल लगायत दर्जन वक्ताहरूले शहिदले गरेका लिम्बूवानी बलिदानको चर्चा गरेका थिए । लिम्बूवानी शहिद सवैको साझा हुनुपर्ने वक्ताहरुको धारणा थियो ।

कार्यक्रममा विभिन्न आदिवासी तथा जनजाति संस्थाहरूले लाखे, च्याब्रुङ, साकेला नाच लिम्बूवान तथा पहिचानी गीत संगीत समेत प्रस्तुत गरेका थिए ।

सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य तथा लिम्बुवान प्रदेश समितका मुख्यसचिव लोकसागर साँवाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन केन्द्रीय सदस्य तथा लिम्बुवान प्रदेश सचिव प्रेमदिप थाम्सुहाङले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार