संघीय विद्ययार्थी युनियन इलामको अध्यक्षमा भिम

इलाम : संघीय विद्ययार्थी युनियन प्रान्तिय शाखा कार्यसमिति इलामको अध्यक्षमा भिम योङहाङ निर्वाचित भएका छन् ।

आज भएको संघीय विद्ययार्थी युनियन प्रान्तिय शाखा कार्यसमिति इलामको ऐतिहासिक जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचत भएको हो ।
१८ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा इक्साहाङ लिम्बू, मालती चेम्जोङ र सन्दिप लिम्बू चयन भएका छन् । कार्यसमितिको सचिवमा मनिशा लावती चयन भएका छन् भने कोषाध्यक्षमा विनिता वेघा चयन भएका छन् ।
संघीय विद्ययार्थी युनियन प्रान्तिय शाखा कार्यसमिति इलामका अध्यक्ष शुक्रराज मावोको अध्यक्षता एवम् संघिय लोकतान्त्रिक राष्टिय मञ्च नेपालका उपाध्यक्ष तथा विद्यार्थी संगठन विभाग प्रमुख विशेन्द्र चेम्जोङको प्रमुख आथित्यतामा भएको उद्घाटन समारोहमा पार्टीका उपाध्यक्ष डुपछिरिङ लेप्चा, प्रान्तिय कार्यसमिति लिम्बुवानका महासचिव महिला मञ्चका केन्द्रीय अध्यक्ष शान्ता योङहाङ, सचिवालय सदस्य दिल प्रसाद नेम्बाङ, हेमराज जवेगु, संघिय विद्यार्थी युनियन केन्द्रीय महिला उपाध्यक्ष सर्मिला फत्र, केन्द्रीय सदस्य गुल्सन लिम्बू, संघिय विद्यार्थी युनियन प्रान्तिय शाखा लिम्बुवानका अध्यक्ष मोहन माबो,सदस्य भावना पालुङवा, संघिय लिम्बुवान मञ्च शाखा इलाम अध्यक्ष दिपक योङहाङ, झापाका बरिष्ठ उपाध्यक्ष नगेन राई, इलामका उपाध्यक्ष विरेन सम्बाहाङफे,समाजादी विद्यार्थी फोरम नेपाल इलामका अध्यक्ष रामकुमार लिङदम, लिम्बू विद्यार्थी मञ्च इलामका अध्यक्ष अतित योङहाङ लगायतको आतिथ्यतामा एवम् शुभकामना मन्तव्य रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार