२ दिनदेखि लगातगर भूकम्पको धक्का

दैलेख : दैलेख नारायण नगरपालिका १० भवानीलाई केन्द बिन्दु बनाएर शुक्रबार र शनिबार लगातार ४ पटक भूकम्पको धक्का महसुुुुुस भएको छ ।

शुक्रबार बिहान १२ बजेर ५३ मिनेटमा नारायण नगरपालिकाको वडा नं. १० भवानीलाई केन्द्रबिन्दु बनाएर पहिलो पटक ४ रेक्टर स्केलको भुकम्पको धक्का महसुस भएको थियो । त्यसपछि १ बजे, ३ बजेर ५ मिनेटमा र राति ९ बजेर ४५ बजे ४ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको थियो भने शुनिबार बिहान १० बजेर ५२ मिनेट जादा ४.३ रेक्टर स्केलको भूकम्प गएको र सबै भूकम्पको केन्द्रबिन्दु भवानी रहेको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिसटेन्ट राजेश शर्माले जानकारी दिनुभयो ।

भूकम्पका ठूला धक्काका साथ परकम्पन पनि लगातार गईरहेको भुकम्प मापन केन्द्र सूर्खेतले जानकारी दिएको छ । भूकम्पको धक्का लगातार गएपछि सदरमुकाम दैलेख बजारका स्थानीय बासिन्दा त्रसित हुनुका साथै सडक, खुला ठाँउ चौरमा भेला भएका थिए । लगातारको भूकम्पको धक्का पछि मानिसहरु दैलेख पनि जोखिममा पर्ने बिश्लेषण गर्दै सचेतना अपनाउन तर्फ लागेका छन् ।

लगातार भूकम्पको धक्का गएपछि शनिबार जिल्ला बिपद ब्यबस्थापन समितिको आपत्तकालीन बैठक बसेको छ । वैठकले जिल्लाका सबै तहहरुलाई तयार रहन निर्देश गर्दै सबै नागरिकलाई सचेत रहन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार