प्रदेश १ को राजधानी बिराटनगरको पक्षमा काँग्रेस, बिपक्षमा कम्युनिष्ट

मोरङ : यतिबेला प्रदेश १ मा प्रदेशको स्थायी राजधानी र नामका बिषयमा रस्साकस्सी शुरु भएको छ । प्रदेशको नाम र स्थायी राजधानीको विषयमा साझा धारणा बनाउन नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीका प्रदेशसभा सांसदहर दैनिक छलफलमा जुटिरहेका छन ।

विराटनगरमा बसेको काँग्रेसको बैठकमा प्रदेश १ को स्थायी राजधानी र नामको बारेमा छलफल भएको छ । नेपाली काग्रेस संसदीय दलको प्रमुख सचेतक केदार कार्कीर्ले प्रदेशको नाम र स्थायी राजधानीका बिषयमा प्रदेशसभा सदस्यहरुको राय बुझेर दलको साझा धारणा बनाउन बैठक बोलाइएको प्रतिक्रिया दिएका छन । बैठकमा दलका तर्फबाट कुनै प्रस्ताव नलगिएपनि प्रदेशसभा सदस्यहरुबीच गम्भीर छलफल भएको छ ।

प्रदेशको नाम र स्थायी राजधानीको बिषयमा दलले साझा धारणा तय गर्ने तयारी भएको उनले प्रतिक्रिया दिएका छन । प्रदेश १ मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको २१ सांसद रहेका छन छन् । कांग्रेस नेतृत्वको सरकारले विराटनगरलाई अस्थायी राजधानी तोकेकाले कांग्रेसका अधिकांश सांसद अहिले पनि विराटनगरमा नै स्थायी राजधानी बनाउनुपर्ने पक्षमा उभिएका छन ।

प्रदशेको नाम र स्थायी राजधानी टुंगो लगाउन सत्तापक्ष नेकपाको पनि संसदीय दलको बैठक केही दिनदेखि चलिरहेको छ । नेकपाको बैठक दुई दिन चलेर स्थगित भएपनि सो बिषयमा प्रारम्भिक छलफल भने भईसकेको छ । मुख्यमन्त्री शेरधन राई भने राजधानी विराटनगर र संसाद सचिवालय विराटनगरमा राख्नुपर्ने पक्षमा देखिन्छन ।

नेकपाका कुल ६७ जना सांसद रहेकोमा ५४ जनाले सांसदले नाम र स्थाथी राजधानीका विषयमा आफनो राय पेश गरिसकेका छन । अब मुख्यमन्त्री, मन्त्रीहरु र केही सांसदले मात्र नाम र स्थायी राजधानीको बारेमा आफ्नो धारणा राख्ने बाँकी रहेको छ । नेकपाका सांसदहरुले विराटनगर सँगै इटहरी आसपासका क्षेत्रमा स्थायी राजधानी राख्नुपर्ने पक्षमा देखिन्छन । नामको बारेमा किरात सगरमाथा र सगरमाथा किरात हुनपर्ने पक्षमा मत जाहेर गरेका छन् । दुबै दलमा यो बिषय अहिले जोडदार रुपमा उठेपनि निकास भने निस्किन् सकेको छैन । दशैअघि प्रदेशको स्थायी राजधानी तोक्ने गरी छलफल भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार