१० वर्षीया विद्यार्थीलार्इ बलात्कार प्रयासकाे आरोपमा शिक्षक पक्राउ

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको सुकुटेमा रहेको सुकुटे माध्यमिक विद्यालय कक्षा ४ मा अध्ययनरत एक १० वर्षीया बालिकामाथि बलात्कार प्रयास आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।

बालिका ट्युसन पढ्न गएको समयमा शिक्षकले जबर्जस्ती करणी प्रयास गरेको बताइएको छ ।

पक्राउ पर्नेमा सिरहा नवराजपुर गाउँपालिका घर भई त्यसै विद्यालयमा पढाउँदै आएका भोगेन्द्र प्रसाद यादव रहेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सूचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक विमल राज कँडेलले जानकारी दिए ।

कँडेलले बिहीबार साँझ बालिकालाई बलात्कार प्रयास गरेको बताइएको छ ।

उजुरीका आधारमा उनलाई बिहीबारै पक्राउ गरी शुक्रबार जबर्जस्ती करणी प्रयासमा मुद्धा दर्ता गरीएको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार