काठमाडौं : सङ्घीय समाजवादी फोरम निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी फोरम प्रदेश ३ को अध्यक्षमा अशोक राई निर्वाचित भएका छन् ।
काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा सम्पन्न प्रथम अधिवेशनबाट राईको अध्यक्षतामा २५ सदस्यीय कार्य समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा सौजन थापा मगर र तेजनारायण यादव, मुख्यसचिवमा झिलकुमार खिम्बुले राई, सचिवमा उमेश राउत, इन्द्रदेव साह र कोषाध्यक्षमा रसना यादव चयन भएका छन् ।
सदस्यहरुमा पंकज यादव, गोपाल राई, तारा लिम्बू, उमाकान्त ठाकुर, तार्पेश्वर यादव, रामभरत यादव, विरेन्द्र राउत, सुनिल कुमार साह, जानुका तामाङ, रोशनी तामाङ, सुनिलकुमार साहलगायत छन् ।
समाजवादी विद्यार्थी फोरमका सचिव तथा प्रदेश ३ का इन्चार्ज नेम्बर राईको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा संघीय कानुन व्यवसायी संघका अध्यक्ष दिपक राई, ट्रेड युनियन महासंघका उपमहासचिव दयाराम राई लगायत नेताहरुको समेत सहभागिता रहेको थियो ।