समाजवादी विद्यार्थी फोरम उदयपुर अध्यक्षमा चिरञ्जीवी बुढाथोकी

उदयपुर : सङ्घीय समाजवादी विद्यार्थी फोरम नेपाल निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी फोरम उदयपुरको अध्यक्षमा चिरञ्जीवी बुढाथोकी निर्वाचित भएका छन् ।

उदयपुरको गाईघाटमा शुक्रबार सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट बुढाथोकीको अध्यक्षमा २९ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा इसहाक राई र अजिता राई, सचिवमा रामबाबु मगर, सहसचिवमा सन्देश खत्री र कोषाध्यक्षमा जानुका मगर छन् ।

सदस्यहरुमा दिपेश कार्की, रञ्जित बुढाथोकी, वेनिशा कार्की, सम्झना कार्की, सुदिका राई, विसन मगर, रामकुमार बस्नेत, रोनिसा राई, सिस्ता राई, विशाल विष्ट, मदन विष्ट, युवराज मगर, सुमन विष्ट, सर्मिला खत्री, कमल कार्की, सिर्जना राई, लिला कार्की, पेम्बा शेर्पा, संगीता सिंह, विसन खड्का, टायनसरि राई र सुसन राई छन् ।

समाजवादी विद्यार्थी फोरमका केन्द्रीय उपाध्यक्ष सुवास लाबुङको प्रमुख आतिथ्यतामा  अधिवेशनमा  सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य रामप्रसाद रिजाल, केन्द्रीय सदस्य तथा प्रदेश नं १ का सदस्यहरु गणेश राई र घनश्याम कटुवाल, उदयपुर जिल्ला अध्यक्ष सिद्धान्त राई, समाजवादी विद्यार्थी फोरमका केन्द्रीय सचिवालय सदस्यहरु भरत याक्खा, अञ्जिल हाङ किराती, सुवास राई र ललन यादव समेत अतिथि थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार