वेवारीसे डार्यड प्रयोगमा आउने

  गोबिन्द पौडेल
0 Shares

डार्यड लैजाने तैयारी गरिदैं । तस्वीर : नयाँ बुलन्द

रोङ : गत जेठदेखी वेवारिसे अवस्थामा हर्कटे चिण्डेपानी सडकमा राखिएको अलंैची सुकाउने आधुनिक भट्टी रोङ ३ को हर्कटेमा गठित समृद्धि टोल विकास संस्थाले महिला सुयोदय बहुउदेश्यीय सहकारी संस्थालाई बुझाईदिएको छ ।

अलंैचीको उत्पादनको बिकास र गुणस्तरमा सुधार गराउन क्रियाशील रहेको संस्था उन्नती विकास परियोजनाको सहयोगमा सुर्योदय महिला सहकारी संस्था कन्यामले गत जेठमानै भित्राएको मिडियम साइजको अलैची सुकाउने डायर्ड रोङ ३ को हर्कटे चिण्डेपानी सडक खण्डमा वेवारिसे बनेर फालिएपछि नयाँ बुलन्द डटकममा चाहिनेले पाएनन्, पाएकाले चलाएनन् शीर्षकमा समाचार प्रकाशन भएपछि उन्नती विकास परियोजना र भट्टी दाता सिंहबाहिनी इन्जिनियरिङ्ग वर्कसपले सुर्याेदय महिला सहकारीसँग बुझेपछि सहकारीले सो भट्टी सुर्याेदय नगरपालिका ७ गोगनेमा लगेको हो ।

समाचार प्रभाव

भट्टी लिन गाडी सहित आएका सहकारीका पदाधिकारीहरुलाई समृद्धि टोल विकास समितिका अध्यक्ष खड्ग सुवेदीले भरपाइ गराइ बुभाएका छन् । सहकारीका व्यवस्थापक बिपुला आचार्यले सो भट्टी प्रयोगमा ल्याउने प्रतिबद्धताको साथ बुझेको टोल विकासका अध्यक्ष खड्ग सुवेदीले बताए ।

मिडियम साइजको सो डार्यड ढुवानी सहित निशुल्क प्रदान गरिएकोले सहकारीले त्यसको उपयोग गरेमा सहकारीको समेत भलाइ हुने र कम्पनीको समेत प्रचार हुने अपेक्षा राखेको राख्दै उन्नतीको परामर्समा सिंहबाहिनी इन्जिनियरिङ्ग वर्कसपले दिएको थियो । डार्यडको मुल्य तीस हजार र हुन आउने मुल्य अभिबृद्धि कर रहेको सिहबाहिनी इन्जिनियरिङ्ग वर्कसपले जनाएको छ ।

यसरी किसानको नाम गरेर अनुदानको दुरुपयोग भएमा कृषि प्रधान मुलुकमा किसानको कहिल्यै उन्नती नहुने र मुलुकमा जुनसुकै ब्यवस्था आएपनि बोलवलाकोनै हालीमुहाली हुने गरेकोले यस बारेमा सबैले सजगता अपनाउदै खवरदारी गर्न जरुरी रहेको स्थानिय बासीहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार