माइमझुवामा खुला नकआउट फूटबल हुने

सन्दकपुर : विजयादशमी २०७५ को अवसरमा इलामको सन्दकपुर गाउँपालिका २ माइमझुवामा खुला पुरुष फूटबल प्रतियोगिता संचालन हुने भएको छ ।

स्थानीय छिन्तापु स्पोर्टिङ क्लबको आयोजनामा आगामी २५ असोजदेखि २ कात्तिकसम्मा प्रतियोगिता संचालन हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ६१ हजार र उपविजेताले नगद ३० हजार सहित मेडल र प्रमाणपत्र पाउँनेछन् । त्यस्तै हाइस्कोररलाई फूटबल र मेडल,  बेस्टप्लेयरलाई ट्रफि र मेडल, वेस्टडिफेन्डरलाई फूटबल र मेडल तथा वेस्ट गोलकिपरलाई ग्लोब्स र मेडलसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता स्थानीय श्याम्बल माध्यमिक विद्यालयको खेलमैदानमा संचालन हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार