माङसेबुङ : सङ्घीय समाजवादी फोरम नेपालको माङसेबुङ ५ नम्बर वडा समिति गठन भएको छ । सङ्घीय समाजवादी फोरम माङसेबुङ गाउँ समिति अध्यक्ष किसान खजुमको अध्यक्षता भएको भेलाले लैनबहादुर योङहाङको अध्यक्षतामा २७ सदस्यीय वडा समिति गठन भएको हो ।
समितिका उपाध्यक्षमा शन्तबहादुर फ्याक र पूर्णबहादुर याम्फू राई, सचिमा रबिन कुरुम्बाङ, सहसचिवमा वुद्धिमान नुगो र कोषाध्यक्षमा कमला मेयाङ्बो फुरुम्बो चयन भएका छन् ।
सदस्यहरुमा उषा माबोहाङ लिङ्देन, सरिता सेर्मा, सपना सेन्दाङ, सेन्छे आङ्बोहाङ, देउमान योङहाङ, मणी लाबुङ, छ्त्रमाया माबोहाङ, हर्कबहादुर राई, अकेला लावती, राम राई, खड्ग कन्दवा, सोनु थेबे, प्रकाश लाबुङ, अम्बर तुम्सा, प्रकाश माबोहाङ, रामकुमार लावती, खड्गवीर आङ्देम्बे, लोकेन्द्र राई, कृष्ण मगर, मनवीर लिङ्देन र विकल इधिङगो चयन भएका छन् ।
कार्यक्रममा सङ्घीय समाजवादी फोरम नेपाल जिल्ला सदस्य लक्ष्मी डोली कार्की र माङसेबुङ गाउँ सचिव राजु माबोहाङ तथा सदस्य जसहाङ सावादेन समेतको उपस्थिती रहेको थियो ।